२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बन्धकहरू मुक्त गर्न इजरायलतर्फ प्रस्थान गरेका ट्रम्पले भनेः युद्ध सकिएको छ

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘युद्ध सकिएको छ’ भन्दै गाजाबाट बन्धकहरू मुक्त गर्न इजरायलतर्फ प्रस्थान गरेका छन्।हमासले युद्धविराम सम्झौताअन्तर्गत रहेका सबै इजरायली बन्धकहरू फिर्ता गर्नुपर्ने छ। प्रक्रिया यसरी अघि बढ्ने अपेक्षा गरिएको छ।

प्यालेस्टाईनी समूहलाई स्थानीय समय अनुसार दिउँसो १२ः०० (बेलायती समय अनुसार बिहान १०ः००) सम्म ४८ जना बन्धक फिर्ता गर्न समय दिइएको छ, जस मध्ये करिब २० जना जीवित रहेको विश्वास गरिएको छ।

बदलामा इजरायलले २५० जना प्यालेन्टाइनी कैदी र १ हजार ७ सय  भन्दा बढी बन्दीहरूलाई रिहा गर्नेछ।

ट्रम्प इजरायल पुगेर प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट्ने र इजरायलीसंसदमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।त्यसपछि उनी मध्यपूर्वमा शान्ति सम्बन्धी शिखर सम्मेलनको अध्यक्षता गर्न मिस्र जानेछन्, जहाँ बेलायती प्रधानमन्त्री कियर स्टार्मर सहितका विश्व नेताहरूको पनि सहभागिता रहनेछ।

प्रकाशित: २७ आश्विन २०८२ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App