१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अलास्कामा पुटिनसँगको वार्ताअघि ट्रम्पले रुसलाई दिए यस्तो चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा पुटिनसँगको वार्ताअघि रुसलाई चेतावनी दिएका छन्।

यदि रुसले युक्रेनमा युद्धविराम गर्न सहमत नभएमा धेरै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी ट्रम्पले दिएका छन्।

वासिङ्टन डीसीस्थित केनेडी सेन्टरमा पत्रकारहरूले ट्रम्पलाई सोधे कि यदि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बैठकपछि युद्ध अन्त्य गर्न सहमत भएनन् भने अब के हुन्छ?

ट्रम्पले जवाफ दिए, 'हो, परिणामहरू हुने छन्। मलाई परिणामहरूको प्रकार भन्न आवश्यक छैन, तर ती धेरै गम्भीर हुने छन्।'

युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित तरिकाहरूबारे छलफल गर्न राष्ट्रपति ट्रम्प र पुटिन अगस्ट १५ मा अलास्कामा भेट्ने कार्यक्रम छ।

प्रकाशित: २९ श्रावण २०८२ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App