२४ मंसिर २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे युरोपेली देशहरूको कडा आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक युरोपेली देशहरूको कडा आलोचना गरेका छन्।उनले युरोपेली नेताहरूलाई कमजोर भन्दै आरोप लगाए। साथै अमेरिकाले यूक्रेनलाई दिँदै आएको समर्थन घट्न सक्ने संकेत पनि दिए।

‘पोलिटिको’लाई दिएको एक अन्तर्वार्तामा उनले भने कि ‘आफ्नो महत्व गुमाउँदै गएका’ युरोपेली देशले न त आप्रवासन नियन्त्रण गर्न सकेका छन्, न त रुससँग चलिरहेको युद्ध अन्त्य गर्न कुनै ठोस कदम उठाएका छन्।

उनले आरोप लगाए कि युरोपेली देशहरूले यूक्रेनलाई ‘अन्तिम सास’ सम्म लड्न छाडिदिएका छन्।

युरोपेली नेताहरू युद्ध अन्त्यका लागि अमेरिकाको नेतृत्वमा भइरहेको प्रयासमा आफूहरूको भूमिका कसरी हुने भन्ने तय गर्न खोजिरहेका छन्, किनकि उनीहरूलाई आशंका छ कि धेरै छिटो समाधान खोज्दा महादेशका दीर्घकालीन हितमा नुकसान हुन सक्छ।

ट्रम्पको भनाइमा बेलायतकी विदेश मन्त्री याभेट कुपरले प्रतिक्रिया दिँदै भनिन् कि उनलाई युरोपमा ‘सिर्फ ताकत’ देखिन्छ। उनले रक्षा क्षेत्रमा गरिएको लगानी र यूक्रेनका लागि उपलब्ध गराइएको फन्डिङको उदाहरण दिइन्।

उनले थपिन् कि दुई राष्ट्रपति शान्तिका लागि काम गरिरहेका छन् (ट्रम्प र जेलेन्स्की), जबकि राष्ट्रपति पुटिन भने ड्रोन र मिसाइल आक्रमणमार्फत संघर्षलाई झनै बढाउने कोसिस गरिरहेका छन्। एजेन्सी

प्रकाशित: २४ मंसिर २०८२ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App