१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले रुस–युक्रेन युद्ध समाप्त गराउन चीनसँग सहयोग मागे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उनी रुससँग सम्झौता गर्न चीनको सहयोग लिन चाहन्छन्, जसबाट युक्रेन युद्धको अन्त्य गर्न सकियोस्। ट्रम्पले भने, ‘म चाहन्छु कि चीनले हामीलाई युक्रेन शान्ति प्रक्रियामा सहयोग गरोस्।’

एसियाली भ्रमणमा रहेका ट्रम्पले एयर फोर्स वन विमानमा यो कुरा बताएका हुन्। यो यात्राको क्रममा उनी दक्षिण कोरियामा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने छन्। चीन रुसको सबैभन्दा ठूलो सहयोगी हो, र पश्चिमी देशहरूले युक्रेन युद्धका कारण रुसमाथि लगाएका प्रतिबन्धपछि चीन रुसको मुख्य सहारा बनेको छ।ट्रम्पको यो टिप्पणी त्यस्तो समयमा आएको हो जब युक्रेनको राजधानी किभका लागि गत हप्ता निकै कठिन भएको थियो।

अमेरिकाले युक्रेनलाई टमहक क्रूज मिसाइल दिने अस्वीकार गरेको थियो भने युरोपेली संघका नेताहरूले रुसका फ्रीज गरिएका सम्पत्तिबाट युक्रेनको सुरक्षाका लागि फण्ड जारी नगरेका थिए। यसैबीच, युक्रेनमाथि रुसका घातक आक्रमणहरू पनि भएका थिए।

प्रकाशित: ९ कार्तिक २०८२ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App