१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प भन्छन् : चीनलाई हाम्रो आवश्यकता हामीलाई चीनको भन्दा धेरै छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र उनका सहयोगी देशहरूबिच बढ्दो सम्बन्धले अमेरिकालाई विश्व मञ्चमा चुनौती दिने भन्ने कुरालाई  अस्वीकार गरेका छन्। ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै आफू र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ‘राम्रै सम्बन्ध’ रहेको बताए। उनले थपे, ‘चीनलाई हाम्रो आवश्यकता हामीलाई चीनको भन्दा धेरै छ।’

यसबीच, राष्ट्रपति सीले बुधबार बेइजिङमा हुने ‘विजय दिवस’ परेडमा विश्व नेताहरूलाई आतिथ्य गर्ने तयारी गरेका छन्। यसलाई चीनको सैन्य शक्तिको प्रदर्शनको रूपमा हेरिएको छ।

सीसँग उत्तर कोरियाका किम जोङ उन र रसियाका भ्लादिमिर पुटिन पनि सहभागी हुनेछन्, जसलाई पश्चिमी राष्ट्रहरूले तिरस्कार गरेका कारण उनीहरूले एक किसिमको सन्देश दिने प्रयासका रूपमा व्याख्या गरिएको छ। एजेन्सी

प्रकाशित: १८ भाद्र २०८२ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App