२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले भनेः इजरायल र हमास दुबैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् कि इजरायल र हमास दुबैले अमेरिकाको गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरिसकेका छन्।

ट्रम्पले ट्रुथ सोसल मा पोस्ट गर्दै लेखे, ‘यसको अर्थ सबै बन्धकहरू चाँडै नै रिहा गरिनेछन् र इजरायलले आफ्नो सेना तोकिएको सीमासम्म फिर्ता बोलाउनेछ। यो एक बलियो, स्थिर र दीर्घकालीन शान्तिको दिशामा पहिलो कदम हुनेछ। सबै पक्षहरूसँग निष्पक्ष व्यवहार गरिनेछ।’

ट्रम्पले थप लेखे, ‘यो अरब र मुस्लिम विश्व, इजरायलका सबै छिमेकी देशहरू तथा अमेरिकाका लागि एक महत्वपूर्ण र ऐतिहासिक दिन हो।’ अमेरिकी राष्ट्रपतिले यस मामिलामा मध्यस्थताको भूमिका खेल्ने कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन्।

प्रकाशित: २३ आश्विन २०८२ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App