२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको युद्धविरामको प्रस्तावलाई कम्बोडियाद्वारा स्वागत

कम्बोडियाले थाइल्याण्डसँग युद्धविरामको लागि अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्तावको स्वागत गरेको छ।

कम्बोडियाली प्रधानमन्त्री हुन मानेले आफ्ना विदेशमन्त्रीले यस विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुरा गर्ने बताए।

यसैबिच, थाइल्याण्डले युद्धविराममा विचार गर्न तयार रहेको तर पहिले वार्ता हुनुपर्ने बताएको छ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्टमा दुवै देश (कम्बोडिया र थाइल्याण्ड) का नेताहरूसँग कुराकानी गरेको र दुवै देश 'युद्धविराम' मा सहमत भएको बताएका थिए।

दुवै देशले ट्रम्पको यो प्रयासको लागि धन्यवाद दिएका छन्। यद्यपि, ट्रम्पको पोस्ट पछि पनि रातभरि दुई देशको सीमामा गोलीबारी जारी रह्यो।

कम्बोडिया र थाइल्याण्डबिच लामो समयदेखि चलिरहेको सीमा विवाद यस हप्ता द्वन्द्वमा परिणत भयो। तीन दिनको द्वन्द्वमा दुवै देशका ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। एजेन्सी

प्रकाशित: ११ श्रावण २०८२ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App