१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको नयाँ कर अगस्ट ७ देखि लागू हुने, धेरै देशको शेयर बजारमा गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ मा व्यापार सम्झौतामा पुग्ने समयसीमा सकिएपछि अगस्ट ७ देखि ९० भन्दा बढी देशहरूमा नयाँ कर लगाउने घोषणा गरेका छन्।

अमेरिकाको यो घोषणापछि धेरै देशको शेयर बजारमा गिरावट देखिएको छ।

नयाँ दर अनुसार भारतमा २५ प्रतिशत, बंगलादेशमा २० प्रतिशत, श्रीलंकामा २० प्रतिशत, थाइल्याण्डमा १९ प्रतिशत, पाकिस्तानमा १९ प्रतिशत, भुटानमा १० प्रतिशत र नेपालमा १० प्रतिशत भन्सार लगाइएको छ।

ट्रम्पको नयाँ घोषणा अनुसार, ब्राजिलमा विश्वमै सबैभन्दा बढी ५० प्रतिशत भन्सार लगाइएको छ।

अमेरिका हाल चीनसँग वार्तामा छ, त्यसैले यसलाई अगस्ट १२ सम्मको लागि स्थगित गरिएको छ।

अमेरिकाले अगस्ट १ देखि क्यानडामा ३५ प्रतिशतको भन्सार शुल्क लगाएको छ।

अमेरिकाले मेक्सिको व्यापार सम्झौताका लागि ९० दिनको समय दिएको छ। जसका कारण मेक्सिकोले पनि भन्सार छुट पाएको छ।

प्रकाशित: १७ श्रावण २०८२ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App