१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसियामा ट्रम्पको भव्य स्वागत, स्थानीय कलाकारसँगै नृत्यमा झुमे

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली भ्रमणको पहिलो चरणमा मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन्। सो अवसरमा उनले स्थानीय कलाकारहरूसँग गरेको नृत्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अमेरिकाबाट २३ घण्टाको उडानपछि ताजा देखिएका ७९ वर्षीय ट्रम्पले आइतबार बिहान स्थानीय समयअनुसार एयरफोर्स वनबाट बाहिर निस्कँदा विमानस्थलको रातो कार्पेट नजिकै कम्मर मर्काए, ड्रमको तालमा आफ्नो नृत्य देखाए। रंगिन पोसाकमा देखिएका नर्तकहरूको समूहले बोर्नियोका आदिवासी, मलेसियाली, चिनियाँ र भारतीय समुदायको प्रतिनिधित्व गरेको थियो। सो अवसरमा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम पनि थिए।

ट्रम्प यस क्षेत्रमा अमेरिकाको प्रभाव र व्यापार सम्झौता बलियो बनाउन पाँच दिने अभियानमा छन्। यो अभियानमा टोकियोमा नवनिर्वाचित जापानी नेतृ साना ताकाइचीसँग सम्बन्ध बलियो बनाउने र दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने योजना छ। त्यहाँ उनले अन्तिम समयमा उत्तर कोरियाका किम जोङ उनलाई पनि भेट्ने अनुमान भइरहेका छन्। एजेन्सी

प्रकाशित: ९ कार्तिक २०८२ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App