२९ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नोबेल शान्ति पुरस्कारबाट चुके ट्रम्प

नोबेल शान्ति पुरस्कारका लागि कडा प्रयास र लबिङ गरे पनि डोनाल्ड ट्रम्प यसपटक बञ्चित भएका छन् । नोबेल शान्ति पुरस्कार पाउने ट्रम्पको मनोकांक्षा पूरा भएको छैन ।  

नर्वेजियन नोबेल समितिले शुक्रबार घोषणा गर्दै यो वर्षको शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई प्रदान गरेको छ।

नोबेल समितिको भूमिकाअनुसार शान्ति पुरस्कार त्यस्ता व्यक्ति वा समूहलाई दिइन्छ जसले राष्ट्रहरूबीच भाइचारा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएका छन्, जुन अल्फ्रेड नोबेलको इच्छाअनुसार तय गरिएको हो।

प्रकाशित: २४ आश्विन २०८२ १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App