अमेरिका र चीनबीच भएको नयाँ व्यापारिक सम्झौता अन्तर्गत चीनले अब कारमा प्रयोग हुने अटोमोटिभ कम्प्युटर चिप्सको निर्यातमा लगाइएका प्रतिबन्धहरू क्रमशः हटाउने भएको छ।
दक्षिण कोरियामा यस साताको सुरुवातमा चिनियाँ राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटपछि ह्वाइट हाउसले जारी गरेको एक फ्याक्ट सिट मा उक्त सम्झौताको विवरण सार्वजनिक गरिएको हो।
दुवै देशबीच अमेरिकी सोयाबिनको निर्यात, दुर्लभ खनिजको आपूर्ति, र ‘फेन्टानिल’ नामक लागूपदार्थ बनाउन प्रयोग हुने सामग्रीको विषयमा समेत सम्झौता भएका छन्।
मानिन्छ कि यो निर्णय संसारका दुई ठूला अर्थतन्त्रबीच लामो समयदेखि चलिरहेको व्यापार युद्धकम गर्ने दिशामा उठाइएको कदम हो।ट्रम्पले पद सम्हालेपछि अमेरिकाले चीनमाथि शुल्क ट्यारिफ लगाएको थियो, जसको जवाफमा चीनले पनि शुल्क वृद्धि गरेको थियो। त्यसपछि विश्व बजारमा ठूलो अस्थिरता र उतारचढाव देखिएको थियो। एजेन्सी
प्रकाशित: १७ कार्तिक २०८२ ०७:११ सोमबार





