१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रका नाममा सम्बोधनमा ट्रम्प : इरान युद्ध जित्यौँ, तीन साताभित्र इरानमाथि ठूलो आक्रमण गर्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सो क्रममा ट्रम्पले अमेरिकाले इरान युद्ध जितेको दाबी गरे। साथै उनले दुईदेखि तीन साताभित्र अमेरिकाले इरानमाथि ठूलो आक्रमण गर्ने चेतावनी समेत दिएका छन्।

ट्रम्पले इरानको क्षेप्यास्त्र र ड्रोन क्षमता र नौसेना नष्ट गरिएको बताए। यसको सैन्य शक्ति उल्लेखनीय रूपमा कमजोर भएको र यो सैन्य अपरेशनको प्राथमिक उद्देश्य पूरा हुने नजिक रहेको उनले भनाइ राखे।

यस्तै, ट्रम्पले यदि सम्झौता भएन भने अमेरिकाले इरानलाई 'ढुङ्गे युग' मा फिर्ता पठाइदिने चेतावनी पनि दिए। यद्यपि, उनले इरानमा शासन परिवर्तन भएको र नयाँ नेतृत्व पहिले भन्दा कम कट्टरपन्थी भएको दाबी गरे।

प्रकाशित: १९ चैत्र २०८२ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App