१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पैनोरामा एडिटमा बीबीसीविरुद्ध कानुनी कारबाही गर्छु : ट्रम्प

बीबीसीले पानोरामा सम्पादनको लागि माफी मागे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको विरुद्ध कानुनी कारबाही गर्ने बताएका छन्।

शुक्रबार साँझ एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'अर्को हप्ता हामी उनीहरूमाथि १ अर्बदेखि ५ अर्ब डलरसम्मको मुद्दा हाल्नेछौं।'

उनले यस विषयमा सप्ताहन्तमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग कुरा गर्ने बताए।

शुक्रबार बीबीसीले एक विज्ञप्ति जारी गर्दै भन्यो कि जनवरी ६, २०२१ को भाषणमा गरिएको सम्पादनले 'राष्ट्रपति ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक कारबाहीको लागि आह्वान गरेको गलत धारणा सिर्जना गरेको छ।'

बीबीसीले यस विषयमा माफी मागेको छ तर संस्थाले कुनै आर्थिक क्षतिपूर्ति नदिने पनि बताएको छ।

यस हप्ताको सुरुमा ट्रम्पका वकिलहरूले बीबीसीलाई चेतावनी दिएका थिए कि यदि उसले आफ्नो बयान फिर्ता नलिए, माफी नमागे र क्षतिपूर्ति नतिरेमा उनीहरूले १ अर्ब डलर क्षतिपूर्तिको लागि मुद्दा हाल्नेछन्।

यो विवादका कारण गत आइतबार बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिए।

प्रकाशित: २९ कार्तिक २०८२ १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App