अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान र अफगानिस्तानबिचको द्वन्द्व समाधान गर्न सजिलो भएको बताएका छन्। उनले आठ वटा युद्ध रोकेको दाबी दोहोर्याएका छन्।
ट्रम्पले भने, ‘म बुझ्छु कि पाकिस्तानले आक्रमण गरेको छ वा अफगानिस्तानमाथि आक्रमण भइरहेको छ। यदि मैले यसलाई समाधान गर्नुपर्यो भने यो मेरो लागि सजिलो छ।
उनले थपे, ‘यसैबिच, मलाई अमेरिका पनि चलाउनु छ, तर मलाई युद्ध रोक्न मन पर्छ। किन? मलाई मानिसहरूलाई मर्नबाट बचाउन मन पर्छ, र मैले लाखौँको जीवन बचाएको छु।’
सो अवसरमा उनले आफूले नोबेल पुरस्कार नपाएको कुरा पनि सुनाए। पाकिस्तान र अफगानिस्तानबिच धेरै झडपपछि दुई देश ४८ घण्टाको युद्धविराममा सहमत भएका छन्। कतारको मध्यस्थतामा दोहामा वार्ता भइरहेको छ। तर, तालिबानले पाकिस्तानले युद्धविराम उल्लंघन गरेको दाबी गरेको छ। एजेन्सी
प्रकाशित: १ कार्तिक २०८२ ११:३९ शनिबार





