अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट तेल किन्दा भारतमाथि लगाएको करका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूसँग ‘धेरै खुसी नभएको’ टिप्पणी गरेका छन्।
हाउस रिपब्लिकनहरूको सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘मेरो उनी (मोदी) सँग धेरै राम्रो सम्बन्ध छ। तर उनी मसँग धेरै खुसी छैनन् किनभने अब भारतले धेरै शुल्क तिर्नु परेको छ।’
ट्रम्पले भारतले रुसबाट तेल खरिद घटाएको दाबी पनि दोहोर्याएका छन्। उनले मोदीलाई राम्रो मान्छे भनेका छन्।
ट्रम्पले भारतमा कुल ५० प्रतिशत भन्सार शुल्क लगाएका छन्, जसमध्ये २५ प्रतिशत रुसबाट तेल खरिद गरेको सजायको रूपमा हो।
उनले भारतले आफूलाई विगत पाँच वर्षदेखि अपाचे हेलिकप्टरको पर्खाइमा रहेको कुरा उल्लेख गरेको पनि बताए। ट्रम्पले भारतमाथि थप कर बढाउने चेतावनी दिएका छन्।
प्रकाशित: २३ पुस २०८२ ०९:५० बुधबार





