२ असार २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लेबनान र इजरायलबीच तीन साताका लागि युद्धविराम भएको ट्रम्पको घोषणा

ह्वाइट हाउसमा दुई देशबीच भएको दोस्रो राजदूतस्तरीय वार्तापछि डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि विस्तार गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र लेबनानी राष्ट्रपति जोसेफ आउनलाई चाँडै ह्वाइट हाउसमा आमन्त्रित गर्ने योजना बनाएको बताए।

इरानसँगको सम्झौताको बारेमा ट्रम्पले कुनै पनि सम्झौता अमेरिकाको हितमा भएमा मात्र हुने बताए। उनले यस विषयमा कुनै समयसीमा नतोकिएको र हतारमा निर्णय नगर्ने स्पष्ट पारे।

उनले इरानविरुद्ध आणविक हतियार प्रयोग नहुने पनि बताए। इरानले परम्परागत (गैर-आणविक) आक्रमणबाट पहिले नै उल्लेखनीय क्षति भोगिसकेकाले आणविक हतियार अनावश्यक रहेको तर्क उनको छ।

प्रकाशित: ११ वैशाख २०८३ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App