४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प र जेलेन्स्की भेट : युक्रेनलाई टोमाहक मिसाइल नदिने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ। भेटवार्तामा रुस–युक्रेन द्वन्द्वमा केन्द्रित रहेर छलफल भएको थियो।  

यस बैठकमा जेलेन्स्कीले अमेरिकाबाट लामो दूरीका क्षेप्यास्त्र माग्ने अपेक्षा गरेका थिए, तर उनी खाली हात फर्किए। जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउन जोड दिएका छन्।  

ट्रम्पले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र नदिने संकेत गरेका छन्। यद्यपि उनले भविष्यमा युक्रेनलाई ती क्षेप्यास्त्र प्रदान गर्ने सम्भावनालाई अस्वीकार गरेनन्। ‘आशा छ उनीहरूलाई यसको आवश्यकता पर्दैन। आशा छ हामी टोमाहकको बारेमा सोच्न नपर्ने गरी युद्ध समाप्त गर्नेछौं,’ ट्रम्पले भने।  

उनले भने, ‘क्षेप्यास्त्र पठाउँदा तनाव बढ्ने छ, तर हामी यसको बारेमा कुरा गर्नेछौं।’ जेलेन्स्कीले भने कि उनले र ट्रम्पले लामो दूरीका क्षेप्यास्त्रबारे छलफल गरेका छन्। तर ‘अमेरिका तनाव बढाउन चाहँदैन’ भनेर यस विषयमा टिप्पणी नगर्ने निर्णय गरे।

बैठकपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत रुस र युक्रेनलाई ‘जहाँ छन् त्यहीँ रोकिन’ र युद्ध अन्त्य गर्न अपिल गरेका छन्। एक दिनअघि, ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फोनमा कुराकानी गरेका थिए। दुई नेताहरू हंगेरीमा भेट्न सहमत भएका थिए। एजेन्सी

प्रकाशित: १ कार्तिक २०८२ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App