२९ असार २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विजयसँगको सम्बन्धबारे फैलिएका चर्चामाथि त्रिशाको कटाक्ष

दक्षिण भारतीय चर्चित अभिनेत्री त्रिशा कृष्णनले अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय सँगको सम्बन्धबारे सामाजिक सञ्जालमा फैलिरहेका चर्चा र ट्रोलिङप्रति प्रतिक्रिया दिएकी छन्।  

त्रिशाले आफ्नो इन्स्टाग्राम स्टोरीमा घरपालुवा कुकुरको भिडियो साझा गर्दै त्यससँगै लेखेकी छन्, ‘मेरो जीवनमा हस्तक्षेप गर्न अनुमति पाएको एउटै नाक यही हो।’ उनको यो टिप्पणीलाई सामाजिक सञ्जाल  प्रयोगकर्ताहरूले व्यक्तिगत जीवनबारे भइरहेका अनुमान र ट्रोलिङप्रतिको जवाफका रूपमा व्याख्या गरेका छन्।  

पछिल्लो समय विजय र त्रिशाको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहेका छन्। हालै उनीहरू अभिनेता अजित कुमारको निवासमा आयोजित एक भेटघाटमा सँगै देखिएको समाचार सार्वजनिक भएपछि चर्चा चुलिएको थियो। 

यद्यपि विजय र त्रिशाले आफ्नो सम्बन्धबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्। यसबीच त्रिशाको पछिल्लो पोस्टले भने निजी जीवनमा अनावश्यक चासो र हस्तक्षेप नगर्न  सन्देश दिएको बताइएको छ।   

प्रकाशित: २१ जेष्ठ २०८३ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App