इरानसँग युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा प्रतिनिधिमण्डल पाकिस्तानको विमानस्थलमा अवतरण गरेको हो। पाकिस्तानका सेना प्रमुख असिम मुनीरले उनीहरूलाई विमानस्थलमा स्वागत गरेका छन्।
अमेरिका र इरानबीच शान्ति सम्बन्धि महत्वपूर्ण बैठक आज राजधानी इस्लामाबादमा हुने तय भएको छ। यो बैठकलाई विश्वभरबाट हेरिएको छ।
अमेरिकासँग शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल शुक्रबार राति नै पाकिस्तान आइपुगेको थियो। यसको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले गरिरहेका छन्।
प्रकाशित: २८ चैत्र २०८२ १२:२३ शनिबार





