१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यी हुन् विश्वका उत्कृष्ट १० एयरलाइन्स, शीर्षमा कतार एयरवेज

स्काइट्र्याक्सको प्रतिष्ठित ‘वर्ल्ड एयरलाइन्स अवार्ड्स’ ले २०२५ का लागि विश्वका शीर्ष १० एयरलाइन्सको सूची सार्वजनिक गरेको छ। स्काइट्र्याक्सका अनुसार विश्वभरका लाखौँ यात्रुहरूको मतदानमा आधारित भएको सूची जारी गरिएको हो। गत जुनमा नै यो सूची जारी गरिएको थियो।

उड्डयन उद्योगको ‘ओस्कार’ भनेर चिनिने यो पुरस्कारले एयरलाइन्सहरूको सेवा, आराम, मनोरञ्जन र गुणस्तरलाई मूल्याङ्कन गर्छ। यस वर्ष कतार एयरवेजले विश्वको उत्कृष्ट एयरलाइन्सको उपाधि जितेको छ। स्काइट्र्याक्सका अनुसार यो सूची यात्रुहरूको प्रत्यक्ष अनुभव र मतदानमा आधारित छ। 

कतार एयरवेज
कतारको राष्ट्रिय एयरलाइन्सले आरामदायी सिट, उत्कृष्ट खाना, नवीनतम इन–फ्लाइट मनोरञ्जन र औसत ५ वर्ष पुरानो आधुनिक विमानका साथ १५० भन्दा बढी गन्तव्यहरूमा सेवा दिँदै आएको छ। दुई सयभन्दा बढी विमानहरूले अस्ट्रेलिया, एसिया, युरोप, मध्य पूर्व, अफ्रिका, उत्तरी र दक्षिण अमेरिकालाई जोड्छ।

सिंगापुर एयरलाइन्स  
ग्राहकको सेवाप्रति समर्पित यो एयरलाइन्सले अन्तर्राष्ट्रिय सेफहरूको मेनु र अत्याधुनिक मनोरञ्जन प्रणाली प्रदान गर्दछ। स्कूटसँग मिलेर एक सय ८० भन्दा बढी विमानहरूमार्फत एक सय १० भन्दा बढी गन्तव्यहरूमा यात्रा गराउँछ। 

क्याथे प्यासिफिक एयरवेज  
हङकङस्थित यो एयरलाइन्सका दुई सयभन्दा बढी विमानहरूले एसिया, उत्तरी अमेरिका, अस्ट्रेलिया, युरोप र अफ्रिकाका दुई सयभन्दा बढी गन्तव्यहरूमा यात्रु र कार्गो सेवा दिन्छन्।

एमिरेट्स  
दुबईबाट संसार जोड्ने एमिरेट्सको आधुनिक विमानसँगै सांस्कृतिक विविधता भएको क्रूले उत्कृष्ट सेवा दिन्छ। दुई सय ६२ विमानहरूले एक सय ५२ गन्तव्यहरूमा उडान भर्छ।

एएनए अल निप्पोन एयरवेज  
जापानको सबैभन्दा ठुलो यो एयरलाइन्सले ८२ अन्तर्राष्ट्रिय र एक सय १८ घरेलु रुटहरू सञ्चालन गर्दछ।

टर्कीस एयरलाइन्स  
सन् १९३३ मा स्थापित यो एयरलाइन्सका तीन सयभन्दा बढी विमानहरूले विश्वका तीन सयभन्दा बढी गन्तव्यहरूमा उडान भर्दै आएका छन्। 

कोरियाली एयर  
दक्षिण कोरियाको यो एयरलाइन्सका एक सय ६९ विमानहरूले ४४ देशका एक सय २५ गन्तव्यहरूमा सेवा दिँदै आएका छन्। 

एयर फ्रान्स  
दैनिक १५ सय उडानहरू सञ्चालन गर्ने एयर फ्रान्सले नेदरल्याण्ड्सको केएलएम रोयल डच एयरलाइन्ससँग मिलेर एक सय १६ देशका तीन सय १२ गन्तव्यहरूमा उडान भर्दै आएको छ। 

जापान एयरलाइन्स  
सन् १९५१ मा स्थापित जापान एयरलाइन्सले दुई सय ३० भन्दा बढी विमानहरूले २० क्षेत्रका ९५ गन्तव्यहरूमा सेवा दिँदै आएको छ।

हाइनान एयरलाइन्स  
सन् १९९३ मा स्थापित चिनियाँ एयरलाइन्सले चार सयभन्दा बढी विमानहरूले चीन, एसिया, युरोप, उत्तरी अमेरिका र दक्षिण प्रशान्तसम्म नेटवर्क फैलाएको छ।

यो सूचीमा एसियाली एयरलाइन्सहरूको प्रभुत्व देखिन्छ। कतार, सिंगापुर र जापानी एयरलाइन्स कम्पनीहरू अग्रपंक्तिमा छन्। स्काइट्र्याक्सले हवाई यात्रा गर्नेहरूका लागि यो सूची छनोट गर्न सहयोगी बन्ने अपेक्षा गरेको छ। एजेन्सी

प्रकाशित: १४ कार्तिक २०८२ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App