१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

९४ हजार टन एलपीजी बोकेको ट्याङ्कर भारत आइपुग्यो

मध्यपूर्वमा जारी तनावको बीच युएईबाट एलपीजी बोकेर दुई वटा ट्याङ्करहरू सुरक्षित रूपमा भारत आइपुगेको छ।

युएईबाट एलपीजी (खाना पकाउने ग्यास) बोकेका दुई ट्याङ्करहरू हर्मुजको स्ट्रेट पार गरेर सुरक्षित रूपमा आइपुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

युएईको रस अल खैमाहबाट प्रस्थान गरेको बीडब्लयू टीवाइआर नामक ट्याङ्कर ३१ मा मुम्बई आइपुगेको बताइएको छ।

पेट्रोलियम कर्पोरेशन लिमिटेडको ग्यास बोकेको उक्त जहाज लगभग छ दिनमा भारत आइपुगेको बताइएको छ।

यस्तै, एलपीजी बोकेको बीडब्लयू इएलएम ट्याङ्कर बुधबार नयाँ मंगलोर नजिक आइपुगेको बताइएको छ।

यी दुई जहाजहरूमा लगभग ९४,००० टन एलपीजी रहेको बताइएको छ। ५० भन्दा बढी भारतीय नाविकहरूको सरिकमा यी दुई जहाज सुरक्षित ल्याइएको हो।

अहिलेसम्म आठ भारतीय जहाजहरूले सुरक्षित रूपमा होर्मुजको स्ट्रेट पार गरिसकेका सरकारले बताएको छ।

प्रकाशित: १८ चैत्र २०८२ १८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App