९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिबानद्वारा महिलाका पुस्तक र इन्टरनेटमा प्रतिबन्ध

अफगानिस्तानको तालिबान सरकारले विश्वविद्यालयबाट महिलाले लेखेका पुस्तक हटाएको छ। मानव अधिकार र यौन उत्पीडनजस्ता विषयको अध्ययनमा पनि रोक लगाइएको छ। 

लगभग ६८० पुस्तकमा प्रतिबन्ध लागेको छ। जानकारी अनुसार १४० महिलाले लेखेका थिए। तीमध्ये ‘सेफ्टी इन द केमिकल ल्याबोरेटरी’ जस्ता पुस्तक पनि छन्। तालिबानले यी पुस्तक आफ्नो नीति र सरियाविरुद्ध भएको दाबी गरेको छ। 

विश्वविद्यालयलाई १८ विषय पढाउन रोक लगाइएको छ, जुन तालिबानले ‘सरिया सिद्धान्त र नीतिविरुद्ध’ भएको बताएको छ। 

यो प्रतिबन्ध पछिल्लो चार वर्षदेखिको तालिबानको शृङ्खलाको हिस्सा हो। यसै हप्ता कम्तीमा १० प्रान्तमा फाइबर-अप्टिक इन्टरनेटमा रोक लगाइएको थियो। तालिबानले यो कदम ‘नैतिकता कायम राख्न’ आवश्यक भएको बताएको छ। बीबीसी

प्रकाशित: ३ आश्विन २०८२ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App