श्रीलङ्काले ३९ वटा देशका नागरिकलाई निःशुल्क पर्यटक भिसा दिने तयारी गरेको छ।
श्रीलङ्काले ती देशका पासपोर्ट प्राप्त व्यक्तीहरुलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी छ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको छ।
यससँग सम्बन्धित नियमहरू मन्त्रिपरिषदको स्वीकृति पछि संसदमा पेस गरिने सरकारी अधिकारीले बताएका छन्।
पर्यटन क्षेत्रको पुनरुत्थान र वृद्धिलाई समर्थन गर्ने उद्देश्यले यो प्रयास सन् २०२५ जुलाई –२१ को मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो। यस कार्यक्रम अन्तर्गत योग्य पर्यटकहरुलाई निःशुल्क पर्यटक भिसा जारी गरिने मन्त्रिपरिषद्का प्रवक्ता नलिन्दा जयतिसाले पत्रकारहरुसँगको साक्षातकारमा बताए।
अध्यागमन र आप्रवासन ऐनका प्रावधानहरू अनुरूप कानुन विभागले योजनाका लागि मस्यौदा नियमहरू तयार गरेको जनाइएको छ। जुन नियमहरु अनुमोदनका लागि संसदमा पेस गरिने कार्यक्रम रहेको जनाइएको छ।
प्रकाशित: १८ चैत्र २०८२ १६:४५ बुधबार





