श्रीलंकामा विनाशकारी बाढी र भूस्खलनका कारण मृतक संख्या ३३० भन्दा बढी पुगेको छ। समुद्री चक्रवात दित्वाह ले देशमा ठूलो मात्रामा क्षति पु-याएको छ। श्रीलंका आपतकालीन व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी मानिस बेपत्ता छन् र करिब २०,००० घरहरू नष्ट भएका छन्। ३ सय भन्दा बढीको मृत्यु भएको छ । एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको छ।
अधिकारिहरूका अनुसार देशको करिब एक–तिहाइ क्षेत्र बिद्युत् वा खानेपानी आपूर्तिबाट वञ्चित छ। चक्रवात दित्वाहका विनाशकारी प्रभावका कारण देशमा ‘आपतकालीन अवस्था’ घोषणा गरिएको हो।
राष्ट्रपति अनुरा कुमारा डिसानायकेले यसलाई देशको इतिहासकै ‘सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक विपत्ति’ भनेका छन्। क्षति यति ठूलो छ कि पुनर्निर्माणको अनुमान लगाउन पनि कठिन भएको उनीहरू बताउँछन्। सरकारले अन्तर्राष्ट्रिय सहायता मागेको छ र विदेशमा रहेका श्रीलंकालीहरूलाई प्रभावित समुदायहरूको सहयोगका लागि हात पुढ्याउन अपिल गरेको छ। चक्रवात दित्वाह शुक्रबार श्रीलंकाको पूर्वी तटमा आएको थियो, तर त्यसपछि देश पार गरी अगाडि बढेको छ। एजेन्सी
प्रकाशित: १५ मंसिर २०८२ ०८:४६ सोमबार





