२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो : घटनापछि राष्ट्रपति ट्रम्पले के भने?

वासिङ्टन हिल्टन होटलमा आयोजित ह्वाइट हाउस संवाददाता संघको वार्षिक रात्रिभोजमा गोली चल्दा गम्भीर सुरक्षा चुनौती उत्पन्न भएको छ। 

होटलको बलरूम बाहिर मेटल डिटेक्टर (म्याग्नेटोमिटर) नजिकै एक बन्दुकधारीले कम्तीमा ६ राउन्ड गोली चलाएपछि सुरक्षाकर्मीले उनलाई गोली हानी पक्राउ गरेका हुन्।

स्थानीय समय अनुसार शनिबार राति करिब ८:३० बजेतिर ठूलो आवाज सुनिएपछि बलरूममा रहेका सहभागीहरूबिच भागदौड मच्चिएको थियो। पत्रकार र पाहुनाहरू ज्यान जोगाउन टेबलमुनि लुकेका थिए। सीएनएनका पत्रकार वुल्फ ब्लिट्जरले आफू बन्दुकधारीको नजिकै रहेको र उसले जथाभाबी गोली चलाइरहेको देखेको बताए। सो क्रममा कुर्सीहरू छरपस्ट भएका थिए भने कोठामा बारुदको गन्ध फैलिएको प्रत्यक्षदर्शीले बताएका छन्।

गोली चलेको आवाज आउनासाथ गोप्य सेवा (सेक्रेट सर्भिस) का एजेन्टहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई तुरुन्तै सुरक्षित स्थानमा सारेका थिए। ट्रम्प सो समयमा मञ्चमा बसेर पत्रकारहरूसँग कुराकानी गरिरहेका थिए। यद्यपि, फक्स न्यूजका अनुसार ट्रम्प होटलबाट बाहिर ननिस्की नजिकैको सुरक्षित ‘होल्डिङ एरिया’ मा बसेका थिए। उनीसँगै विदेशमन्त्री मार्को रुबियो र अन्य मन्त्रिपरिषद् सदस्यहरूलाई पनि सुरक्षाकर्मीले सुरक्षित रूपमा बाहिर निकालेका थिए।

घटनापछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘डीसीको सेक्रेट सर्भिस र कानून प्रवर्तनले एक साँझमा उत्कृष्ट काम गरे। उनीहरूले छिटो र साहसका साथ काम गरे। गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको छ र मैले ‘प्रदर्शन जारी राख्न’ सिफारिस गरेको छु तर, पूर्ण रूपमा कानून प्रवर्तनद्वारा निर्देशित हुनेछ। उनीहरूले चाँडै निर्णय गर्नेछन्। त्यो निर्णयको बाबजुद, साँझ योजना गरिएको भन्दा धेरै फरक हुनेछ, र हामीले, स्पष्ट रूपमा, यो फेरि गर्नुपर्नेछ।’

केही समयको अन्योलपछि सुरक्षाकर्मीले खतरा टरेको संकेत दिएका छन्। स्टेजमा राइफलधारी सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ भने कर्मचारीहरूले कार्यक्रम पुनः सुरु गर्न मञ्च र टेबलहरू मिलाउन थालेका छन्। राष्ट्रपति बनेपछि ट्रम्पले यो रात्रिभोजमा भाग लिएको यो पहिलो पटक हो। सुरक्षा निकायले घटनाको थप अनुसन्धान गरिरहेको बताएका छन्।

प्रकाशित: १३ वैशाख २०८३ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App