रुसी सेनाका जनरलले रुसले आणविक शक्तिबाट चल्ने बुरेभेस्टनिक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको बताएका छन्।
‘हामीले आणविक शक्तिबाट चल्ने क्षेप्यास्त्रको धेरै घण्टाको उडान गरे,’ जनरल स्टाफका प्रमुख गेरासिमोभले टेलिभिजन बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने, ‘क्षेप्यास्त्रले १४ हजार किलोमिटर (८ हजार ७०० माइल) को दूरी तय गरे, जुन यसको अधिकतम दायरा होइन।’
यो कम उचाइको क्षेप्यास्त्र हो, जुन पहिलो पटक सन् २०१८ मा घोषणा गरिएको थियो। दाबी अनुसार यसमा असीमित क्षमता छन् र क्षेप्यास्त्र रक्षा प्रणालीबाट बच्न सक्षम छन् भनेर वर्णन गरिएको छ।
जनरल गेरासिमोभले अक्टोबर २१ मा गरिएको परीक्षणको क्रममा मिसाइल १५ घण्टासम्म हावामा रहेको बताए। पश्चिमी विज्ञले यसअघि यस क्षेप्यास्त्रको रणनीतिक महत्व र सफल परीक्षणको रुसको दाबीमाथि शंका व्यक्त गरेका थिए।
पुटिनले सन् २०२३ मा यो क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेका थिए। एजेन्सी
प्रकाशित: १० कार्तिक २०८२ ०८:०७ सोमबार





