२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाट

फाइल तस्बिर

रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दीहरू साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ। द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो।

रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले “१८५ रुसी सैनिकहरू फिर्ता गरेको“ बताएको छ, क्रमममा २० जना सर्वसाधारणलाई पनि रिहा गरिएको जनाइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रिहा गरिएका युक्रेनीहरूको तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै आदान प्रदानको पुष्टि गरेका छन्। उनीहरूलाई आवश्यक पर्ने सबै सहयोग प्राप्त गर्ने वातावरण तयार भएको जेलेन्स्कीले बताए।

'आक्रमण सुरु भएदेखि नै हामीले हाम्रा सात हजारभन्दा बढी मानिसहरूलाई घर फर्काएका छौँ,' उनले भने।

गत मे र जुलाईको बीचमा इस्तानबुलमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरू बिच तीन चरणको शान्ति वार्ताको परिणाम स्वरुप ठूलो मात्रामा कैदी आदानप्रदान गरेको जनाइएको छ।

दुवै पक्षले युद्धको बिचमा युक्रेन र रुसबिचको सहयोगका क्षेत्रका  रूपमा मारिएका सैनिकहरूको स्वदेश फिर्तीका धेरै चरणहरू पनि सञ्चालन गरेका छन्।

सन् २०२२ मा रुसले आक्रमण सुरु गरेदेखि दुवै पक्षका दशौँ हजार सैनिक मारिएका छन्, यद्यपि दुवै पक्षले नियमित रूपमा आफ्नो हताहतको तथ्याङ्क भने सार्वजनिक गरेका छैनन्। 

प्रकाशित: १६ आश्विन २०८२ २१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App