इजरायली सेनाले गाजा पट्टीमा हालै मानवीय सहायताका सामग्री हवाई मार्गबाट पुर्याएको बताएको छ।
इजरायली सेनाको यो बयान केही हप्तादेखि जारी अन्तर्राष्ट्रिय दबाब र प्यालेस्टिनी क्षेत्रमा बढ्दो भोकमरीपछि आएको हो।
आइतबार बिहान एक विज्ञप्तिमा इजरायल रक्षा बलले हवाई मार्गबाट पुर्याइएको सहायतामा पीठो, चिनी र खाद्य वस्तुहरू भएका सात प्याकेटहरू समावेश रहेको बताएको छ।
यसअघि, इजरायलले संयुक्त राष्ट्रसंघका काफिलाहरूलाई गाजामा प्रवेश गर्न अनुमति दिन मानवीय कोरिडोर खोल्न तयार रहेको बताएको थियो।
महिनौंदेखि सीमित आपूर्तिका कारण गाजाका २० लाख मानिसहरूलाई ठुलो भोकमरीको चेतावनी दिइएको छ। इजरायलले जानाजानी भोकमरीको दाबीलाई अस्वीकार गरेको छ।
एक्स पोस्टमा आईडीएफले गाजामा मानवीय सहायता सुधार गर्न नयाँ कदमहरूको घोषणा गर्यो।
'खाद्य वितरण संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको जिम्मेवारी हो,' आईडीएफले लेख्यो, 'त्यस कारण संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संस्थाहरूले सहायता वितरणमा सुधार गर्ने र हमाससम्म सहायता नपुगोस् भन्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।' एजेन्सी
प्रकाशित: ११ श्रावण २०८२ ०९:०२ आइतबार


-600x400.jpg)


