१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जी-२० सम्मेलन बहिष्कार गर्ने ट्रम्पको धम्कीपछि रामाफोसाले भने : दादागिरी चल्दैन

अमेरिकाले जी-२० शिखर सम्मेलन बहिष्कार गर्ने बताएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार समूहमा कसैको पनि ‘दादागिरी चल्दैन’ भनेका छन्। 

सम्मेलन यस सप्ताहन्तमा जोहानेसबर्गमा हुँदैछ। वाशिङ्टनले सुरुमा प्रतिनिधि नपठाउने र संयुक्त वक्तव्य जारी नगर्ने बताए पनि पछि मन परिवर्तन गरेको रामाफोसाले जनाए। सम्मेलनमा लगभग ४० देशको प्रतिनिधित्व हुने छ।  

जी-२० को एजेन्डा र नीतिमा विवाद हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिनिधि नपठाउने बताएका थिए। ‘यो हुन सक्दैन। कुनै देशको भौगोलिक स्थिति वा आय वा सेनाले कसको आवाज छ र कसलाई होचाएर बोलिन्छ भनेर देखाउँछ,’ रामाफोसाले वाशिङ्टनलाई संकेत गर्दै प्रतिनिधिहरूसँग भने।  

नोभेम्बर २२-२३ मा हुने शिखर सम्मेलनअघि नागरिक समाजको भेलामा उनले भने, ‘एउटा राष्ट्रले अर्को राष्ट्रमाथि दादागिरी गर्नु हुँदैन।’ ‘जी-२० प्राथमिकताहरू “अमेरिकी नीति विचारहरूको विपरीत” छन् र हामी तपाईंको अध्यक्षतामा वार्ता गरिएको कुनै पनि कागजातमा सहमतिको समर्थन गर्न सक्दैनौँ,’ अमेरिकी दूतावासले दक्षिण अफ्रिकालाई लेखेको पत्रमा उल्लेख छ। ‘जी-२० शिखर सम्मेलनको निष्कर्षसम्बन्धी दस्तावेज अमेरिकी सहमतिबिना नै जारी गर्ने कार्यको अमेरिकाले समर्थन गर्न बाध्य हुनेछैन,’ विज्ञप्तिमा भनिएको छ।  

दक्षिण अफ्रिकाले अमेरिकाको अनुपस्थितिलाई अस्वीकार गर्दै आपत्ति जनाएको छ। विदेशमन्त्री रोनाल्ड लामोलाले अमेरिका नआए पनि घोषणा पत्र जारी गर्ने बताए। उनले भने, ‘हामी कुनै घोषणा गर्न सक्दैनौँ वा शिखर सम्मेलनमा कुनै निर्णय गर्न सक्दैनौँ भनेर अनुपस्थित कसैले पनि हामीलाई सुझाव दिनु सही हुनेछैन।’  

दक्षिण अफ्रिकाले जी-२० को अध्यक्षतामा ‘ऐक्यबद्धता, समानता, स्थिरता’ रोजेको छ, जसमा १९ देश, युरोपेली संघ र अफ्रिकी संघ समावेश छन्। जी-२० ले विश्वको कुल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशत हिस्सा ओगट्छ। एजेन्सी

प्रकाशित: ५ मंसिर २०८२ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App