राजस्थानको जोधपुर जिल्लाको फलोदीमा आइतबार साँझपख भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। घाइतेमध्ये केहीलाई उपचारका लागि जोधपुर पठाइएको छ। मातोडा प्रहरी क्षेत्रअन्तर्गत भारत माला राजमार्गमा बाटो किनारमा रोकिएको एउटा ट्रकमा टेम्पो ट्राभलर ठोक्किँदा दुर्घटना भएको हो।
टेम्पो ट्राभलरमा सवार सबै जना जोधपुरको सूरसागरका बासिन्दा थिए र कोलायतस्थित एउटा आश्रममा दर्शन गरेर फर्किंदै थिए।राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले यस घटनाप्रति दुःख व्यक्त गरेका छन्।मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘फलोदीको मातोडा क्षेत्रमा भएको सडक दुर्घटनामा जनहानि अत्यन्त दुःखद र हृदयविदारक छ। मेरा संवेदना शोकसन्तप्त परिवारजनसँग छन्।’
पूर्व मुख्यमन्त्री अशोक गहलोतले पनि ‘एक्स’ मा लेखेका छन्, ‘मलाई अहिले पटनाामा खबर प्राप्त भयो कि फलोदीको मातोडामा सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। यो सुन्दा मन अत्यन्त दुखी भएको छ। म भगवानसँग प्रार्थना गर्छु कि सबै दिवंगत आत्मालाई शान्ति मिलोस् र उनका परिवारजनलाई हिम्मत मिलोस्, साथै घाइतेहरू चाँडै निको हुन्।’
प्रकाशित: १७ कार्तिक २०८२ ०७:०२ सोमबार





