१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत आइपुगे पुटिन, प्रधानमन्त्री मोदीले गरे स्वागत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत आइपुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा उनलाई स्वागत गरेका छन्। दुई नेताले एकअर्कालाई अँगालो हाले भने मोदी र पुटिन एउटै कारमा विमानस्थलबाट निस्किए।

रुस-युक्रेन युद्ध सुरु भएपछि पुटिनको यो पहिलो भारत भ्रमण हो। प्रधानमन्त्री मोदीले आज राति उनको सम्मानमा एक निजी रात्रिभोज आयोजना गर्ने छन्।

पुटिनको भारत आगमनअघि नै धेरै रुसी मन्त्रीहरू दिल्ली आइपुगेका छन्, जसमा उपप्रधानमन्त्री डेनिस मान्टुरोभ, रक्षामन्त्री सर्गेई शोइगु र कृषिमन्त्री दिमित्री पेट्रोभ पनि समावेश छन्। 

विमानस्थलमा पुटिनलाई सांस्कृतिक कार्यक्रमका साथ स्वागत गरिएको थियो।

प्रकाशित: १८ मंसिर २०८२ २०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App