२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पले पाए शान्ति पुरस्कार, कसले दियो ?

२०२६ फुटबल विश्वकपको ड्रमा शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिफाको नयाँ 'शान्ति पुरस्कार' प्रदान गरिएको छ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन् र उनले 'धेरै युद्धहरू रोकेका' भएकाले आफू यसको हकदार भएको बताएका छन्।

यो नयाँ फिफा पुरस्कारको लागि ट्रम्पलाई पहिले नै सबैभन्दा बलियो दावेदार मानिन्थ्यो।

समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच घनिष्ठ सम्बन्ध छ र इन्फान्टिनोले पहिले नै भनेका छन् कि गाजामा युद्धविराम गराउने प्रयासका लागि ट्रम्पले नोबेल पुरस्कार पाउनु पर्ने थियो।

फिफा अध्यक्ष इन्फान्टिनोले ट्रम्पलाई पुरस्कार प्रदान गर्दै भने, 'यो एउटा सुन्दर पदक हो जुन तपाईं जहाँ चाहानुहुन्छ लगाउन सक्नुहुन्छ।'

प्रकाशित: २० मंसिर २०८२ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App