१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको नाम लिएर पाकिस्तानले दियो अफगानिस्तानमाथि कारबाहीको धम्की

पाकिस्तानले राजधानी इस्लामाबादस्थित अदालतमा भएको आत्मघाती हमला र वानाको क्याडेट कलेजमा भएको आतंकवादी हमलालाई लिएर कडा चेतावनी जारी गरेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानले अफगानिस्तानमाथि कारबाही गर्न सक्ने धम्की दिएका हुन्। 

बीबीसी उर्दूका अनुसार मंगलबार राति जियो न्युजसँगको कुराकानीमा यस्तो दाबी गरेका हुन्। हालैका आक्रमणपछि पाकिस्तानले अफगानिस्तानमाथि कारबाही गर्न सक्छ कि सक्दैन भनेर सोध्दा रक्षामन्त्रीले भने, ‘हो, यो पक्कै पनि गर्न सक्छ। यो सम्भावनालाई अस्वीकार गर्नु हुँदैन।’

अफगानिस्तानले वाना क्याडेट कलेज र इस्लामाबादमा भएको आक्रमणको निन्दा गरेको छ कि छैन भनेर सोध्दा आसिफले भने, ‘निन्दा गर्नु वा पछुतो व्यक्त गर्नु सत्यको प्रमाण हुन सक्दैन ।’

उनले दाबी गर्दै भने, ‘वानामा बालबालिकालाई मार्ने षड्यन्त्र थियो। यो धेरै वर्ष पहिले पेशावरको आर्मी पब्लिक स्कुलमा भएको जस्तै विपत्ति हुनेवाला थियो ।’ सो अवसरमा आसिफले भारतको नाम पनि उल्लेख गरेका छन्। 

उनले भने, ‘यी आक्रमणहरूलाई अफगानिस्तानबाट भविष्यमा हुने आक्रमणको सुरुवात मान्न सकिन्छ। यो वास्तवमा भारतबाट हुँदैछ, जुन अफगानिस्तान हुँदै हाम्रो देशमा भइरहेको छ।’

मंगलबार इस्लामाबादको जी–११ अदालतमा भएको आत्मघाती आक्रमणमा परेर १२ जनाको मृत्यु भएको थियो। 

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले इस्लामाबादको जी–११ अदालतमा भएको आत्मघाती हमलाको निन्दा गरेर आक्रमणमा ‘भारत समर्थित’ अतिवादी समूहहरू संलग्न रहेको आरोप लगाएका थिए। 

तर भारतको विदेश मन्त्रालयले पाकिस्तानको आरोपलाई आधारहीन र निराधार भन्दै खारेज गरेको छ। एजेन्सी

प्रकाशित: २६ कार्तिक २०८२ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App