३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सैन्य ‘कू’ पछि अपदस्थ गिनी बिसाउका राष्ट्रपति एम्बालो सेनेगल पुगे

गिनी बिसाउमा भएको सैन्य विद्रोहमा पदच्युत भएका राष्ट्रपति उमारो सिसोको एम्बालो छिमेकी राष्ट्र सेनेगल पुगेका छन्। गिनी बिसाउमा सैन्य अधिकारीहरूको समूहले सत्ता कब्जा गरेको एक दिनपछि सेनेगलको विदेश मन्त्रालयले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।      

सेनेगलको विदेश मन्त्रालयका अनुसार गिनी बिसाउका अधिकारीहरूसँग उनको रिहाइका लागि गरिएको प्रयासपछि एम्बालो सेनेगल  आइपुगेका हुन्। उनी सेनेगल सरकारले चार्टर्ड गरेको विमानबाट त्यहाँ पुगेको बताइएको छ। राष्ट्रपति चुनावको नतिजा सार्वजनिक हुनुभन्दा अघिल्लो दिन बुधबार एम्बालोलाई सैन्य  अधिकारीहरूले पदच्युत गरेका थिए। एजेन्सी

प्रकाशित: १२ मंसिर २०८२ ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App