१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिड्नीमा सार्कको टोकाइबाट एकको मृत्यु

अस्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा एउटा शङ्कास्पद ‘सार्क’ले एक व्यक्तिलाई टोक्दा मृत्यु भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ।  

न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिलाई शनिबार बिहानै समुद्रबाट ‘लङ रिफ बिच’स्थित किनारमा लगिएको तर घटनास्थलमै उनको मृत्यु भएको जनाएको छ।  

‘उत्तरी समुद्री तटमा सार्कको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ,’ प्रहरीले भनेको छ।  

मृतकको नमूना फोरेन्सिक परीक्षणको लागि पठाइएको छ।  

सन् २०२२ मा लिटिल बेमा ३५ वर्षीय बेलायती डाइभिङ प्रशिक्षक सिमोन नेलिस्टको मृत्यु भएपछि सिड्नीमा सार्क आक्रमणको यो पहिलो घातक आक्रमण हो।  

यसअघि सन् १९६३ मा सो सहरमा सार्कले व्यापक आक्रमण गरेका थिए।  

पछिल्लो आक्रमणपछि उत्तरी उपनगर म्यान्ली र नार्राबीनबिचको प्रशान्त महासागरका समुद्री तटहरू ‘अर्को सूचना नभएसम्मका लागि’ बन्द गरिएको छ।  

प्रहरीका अनुसार ती व्यक्ति गम्भीर घाइते भएको सूचना पाएपछि आपतकालिन सेवा घटनास्थलमा पुगेको थियो।  

नाम नखुलाइएका एक साहसिक डुङ्गा खेलका चालक (सर्फर)का अनुसार पीडित महिला लङ रीफ र डी ह्वाइ समुद्री किनारको बिचमा डुङ्गामा घुमिरहेका थिए।  

सिड्नीको डेली टेलिग्राफका अनुसार डुङ्गा चालकले भने, ‘चार–पाँच जना डुङ्गा चालकले उनलाई पानीबाट बाहिर निकाल्दा उनको शरीरको तल्लो भागको एउटा महत्त्वपूर्ण भागमा आक्रमण भएको जस्तो देखिन्थ्यो।’ एएफपी

प्रकाशित: २२ भाद्र २०८२ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App