रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुसको कुक्र्स क्षेत्रमा युक्रेनसँगको युद्धका लागि उत्तर कोरियाली सेनाको तारिफ गरेका छन्। बुधवार चीनको राजधानी बेइजिङमा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनसँगको भेटवार्तामा पुटिनले उत्तर कोरियाली सैनिकको तारिफ गरेका हुन्।
रुस र युक्रेनबिच जारी युद्धमा गत वर्ष रुसको कुर्क्स क्षेत्रमा युक्रेनी सेनाले कब्जा गरेको थियो। त्यसपछि जवाफी हमलाका लागि उक्त क्षेत्रमा उत्तर कोरियाली सैनिक पठाएको चर्चा थियो।
यस पटक किम जोङसँगको भेटमा पुटिनले कुर्क्स क्षेत्रलाई युक्रेनको कब्जाबाट मुक्त गर्न उत्तर कोरियाली सैनिकले सहयोग गरेको कुरा खुलासा गरेका हुन्। जवाफमा किम जोङले ‘भाइको हैसियतले रुसको मदत गर्नु उत्तर कोरियाको कर्तव्य रहेको’ जवाफ दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित: १८ भाद्र २०८२ १३:०० बुधबार





