२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निशस्त्रीकरणको माग छोडे मात्र अमेरिकासँग वार्ता गर्न तयारः उत्तर कोरियाली नेता किम

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशले परमाणु हतियार त्याग्नुपर्छ भन्ने अमेरिकी अडान त्यागेमा अमेरिकासँग वार्ता गर्न आफू तयार हुने संकेत दिएका छन्।‘यदि संयुक्त राज्य अमेरिकाले हामीलाई निशस्त्रीकरण गर्नुपर्ने असङ्गत मोह त्यागेर यथार्थ स्वीकार्छ, र साँचो शान्तिपूर्ण सहअस्तित्व चाहन्छ भने, हामीसँग अमेरिकासँग नबस्ने कुनै कारण छैन,’ किमले आइतबार प्योङयाङमा सर्वोच्च जनसत्तामा दिएको भाषणमा भनेको कोरियाली समाचार संस्थाले जनाएको छ।  

किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे पनि टिप्पणी गर्दै भने, ‘व्यक्तिगत रूपमा, मेरो अझै पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँगका मीठा सम्झनाहरू छन्।’ किम र ट्रम्पबीच ट्रम्पको पहिलो कार्यकालमा तीन पटक भेट भएको थियो।

किमका यी भनाइहरू राष्ट्रपति ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युंगले गत महिना व्हाइट हाउसमा भएको बैठकमा उत्तर कोरियाली नेतासँग भेट्ने इच्छाशक्ति प्रकट गरेपछि आएका हुन्।

‘कुनै दिन म उनलाई भेट्नेछु। म उनलाई भेट्न उत्साहित छु। उनी मेरो लागि निकै राम्रा थिए,’ ट्रम्पले त्यतिबेला भनेका थिए। उनले थपे, किमलाई आफ्नो परिवारबाहेक ‘अरू कसैलेभन्दा बढी’ चिनेको दाबी  समेत गरेका थिए।  

तर, ट्रम्पको सकारात्मक भनाइबीच पनि उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई कडा आलोचना गरेको छ। किम जोङ उनकी बहिनी किम यो जोङले यसलाई ‘अविवेकी आक्रमण अभ्यास’ भन्दै वर्णन गरेकी छिन्।एजेन्सी

प्रकाशित: ६ आश्विन २०८२ ०८:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App