६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नोबेल २०२५ : प्रतिरक्षा प्रणालीको खोजमा तीन वैज्ञानिक सम्मानित

सोमबारदेखि २०२५ को नोबेल पुरस्कार घोषणा सुरु भएको छ। नोबेल समितिले मेरी ई ब्रुन्को, फ्रेड राम्सडेल र शिमोन साकागुचीलाई चिकित्साशास्त्रको नोबेल पुरस्कार दिने घोषणा गरेको छ।  

शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई शरीरविरुद्ध काम गर्नबाट रोक्ने खोजमा योगदान गरेकोमा यो पुरस्कार दिइएको छ।  

‘उनका खोजले हामीलाई प्रतिरक्षा प्रणालीको काम र अटोइम्यून रोगबाट बच्ने तरिका बुझ्न मद्दत गरेको छ,’ नोबेल समितिका अध्यक्ष ओले क्याम्पले भने।  

प्रतिरक्षा प्रणालीले हरेक दिन हजारौं सूक्ष्मजीवलाई शरीरमा प्रवेश गर्नबाट रोक्छ। तर कुन कोषलाई आक्रमण गर्ने र कुनलाई छोड्ने भन्ने निर्णय ‘टी सेल्स’ ले गर्छ।  

परिधीय प्रतिरक्षा सहनशीलताको अनुसन्धानका लागि यो पुरस्कार दिइएको हो। यसले प्रतिरक्षा प्रणालीलाई आफ्नै अंगमा आक्रमण गर्नबाट रोक्छ।  

ब्रुन्को, राम्सडेल र साकागुचीले नियामक टी-कोष पहिचान गरे, जसले प्रतिरक्षा प्रणालीलाई आफ्नै शरीरमा आक्रमण गर्नबाट जोगाउँछ।  

यी खोज क्यान्सर, अटोइम्यून रोगको उपचार र अंग प्रत्यारोपणमा उपयोगी छन्। धेरै उपचार क्लिनिकल परीक्षणमा छन्।  

शुक्रबार तीनै जनालाई १० लाख डलर नगदसहित पदक र प्रमाणपत्र दिइनेछ। २०२५ को चिकित्साशास्त्रको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी वैज्ञानिकलाई दिइएको हो। एजेन्सी

प्रकाशित: २० आश्विन २०८२ १८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App