२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पका सहयोगी चार्लीको हत्या : विश्वले भन्यो- लोकतन्त्रका लागि खतरा

अमेरिकी दक्षिणपन्थी कार्यकर्ता र राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी चार्ली किर्कको राजनीतिक हत्या पछि विश्व नेताहरूले राजनीतिक हिंसाको खतरा औंल्याएका छन्।

केवल ३१ वर्षको उमेरमा रूढीवादी राजनीतिमा उदाउँदै गरेको किर्कलाई युटा भ्याली विश्वविद्यालयमा एक कार्यक्रममा बोल्दै गर्दा गोली प्रहार गरिएको थियो।

विश्व नेताहरूको प्रतिक्रिया यसप्रकार छ:

अमेरिका: राष्ट्रपति ट्रम्पले भने, ‘यो अमेरिकाका लागि कालो क्षण हो। मेरो प्रशासनले यस अत्याचारमा संलग्न हुने हरेकलाई पत्ता लगाउनेछ, जसमा यसलाई कोष वा समर्थन गर्ने संस्थाहरू पनि पर्नेछन्।’

क्यानाडा: प्रधानमन्त्री मार्क कार्नीले भने, ‘चार्ली किर्कको हत्याबाट म स्तब्ध छु। राजनीतिक हिंसाको कुनै औचित्य छैन। यसको हरेक कार्यले लोकतन्त्रलाई गम्भीर खतरा पुर्‍याउँछ।’

बेलायत: प्रधानमन्त्री किर्ज स्टार्मरले भने, ‘हामी सबै डरबिना स्वतन्त्र रूपमा बहस गर्न सक्षम हुनुपर्छ। राजनीतिक हिंसाको कुनै औचित्य हुन सक्दैन।’

इटाली: प्रधानमन्त्री जोर्जिया मेलोनीले भनिन्, ‘यो नृशंस हत्या लोकतन्त्र र स्वतन्त्रतामा विश्वास गर्नेहरूका लागि गहिरो घाउ हो। उहाँका परिवार, प्रियजन र अमेरिकी रूढीवादी समुदायप्रति मेरो गहिरो समवेदना छ।’

इजरायल: प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, ‘चार्ली किर्कको हत्या सत्य बोलेको र स्वतन्त्रताको रक्षा गरेको कारणले भएको हो। उहाँ इजरायलका सच्चा मित्र हुनुहुन्थ्यो, जसले झूटविरुद्ध लड्नुभयो र यहुदी–ईसाई सभ्यताका लागि उभिनुभयो।’ उनले थप्नुभयो, ‘मैले दुई हप्ताअघि मात्रै उहाँसँग कुरा गरेको थिएँ र उहाँलाई इजरायल भ्रमणको निम्तो दिएको थिएँ। दुर्भाग्यवश, त्यो भ्रमण अब सम्भव हुने छैन।’ एएफपी

प्रकाशित: २६ भाद्र २०८२ १८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App