१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१२ वर्षीया छोरीलाई यौन कार्यमा लगाउने आमा पक्राउ

जापानको टोकियोस्थित मसाज पार्लरमा १२ वर्षीया छोरीलाई जबरजस्ती यौन कार्यमा लगाएकी थाई आमालाई ताइवानमा पक्राउ गरिएको छ। 

ताइवानका अध्यागमन अधिकारीहरूका अनुसार सेप्टेम्बरमा ताइवान पुगेकी आमा बसाइ अवधि नाघेर बसेकी थिइन्। स्थानीय प्रहरीले उनलाई ताइवानमा वेश्यावृत्तिसँग जोडिएको छुट्टै मुद्दामा हिरासतमा लिएर अध्यागमन विभागलाई बुझाएको छ।

अधिकारीहरूले आमालाई देश निकाला गर्ने योजना बनाएका छन्। तर थाइल्याण्ड वा जापान पठाउने निर्णय भएको छैन, किनकि जापानमा बालिकाको मुद्दाको अनुसन्धान भइरहेको छ। थाइल्याण्ड र ताइवानका अधिकारीहरूले आमालाई थाइल्याण्ड पठाउन समन्वय गरिरहेका छन्। 

शुक्रबार थाइल्याण्डका राष्ट्रिय प्रहरी प्रमुख कित्राट फानफेटले भने, ‘मैले यस घटनामा संलग्न कुनै पनि संस्था वा व्यक्तिहरूको अनुसन्धान गर्न आदेश दिएको छु। बालिकालाई घर फर्काउन समन्वय गर्न निर्देशन पनि जारी गरेको छु।’

थाई सरकारको स्रोतले बालिकालाई फिर्ता ल्याउन जापानमा अनुसन्धान पूरा गर्नुपर्ने बताएको छ। जापान प्रहरीले यसअघि टोकियोको बुनक्यो वर्डमा मसाज पसल सञ्चालक ५१ वर्षीय मासायुकी होसोनोलाई पक्राउ गरेको थियो। 

उनलाई जुन र जुलाईमा १५ वर्षमुनिकी बालिकालाई श्रम मापदण्ड कानुन उल्लङ्घन गर्दै काममा लगाएको, मानव बेचबिखन र बाल यौन शोषणको आरोपमा अनुसन्धान गरिरहेको छ। 

प्रहरीका अनुसार उत्तरी थाइल्याण्डमा जन्मेकी बालिका कान्छी बहिनी र हजुरबा–हजुरआमासँग बस्दै आएकी थिइन्। जुन अन्त्यतिर जापान पुग्दा बालिका र आमा होसोनोको पसलमा पुगेका थिए। आमा त्यही दिन छोरीलाई छोडेर भोलिपल्टै बेपत्ता भइन्।

जापानी भाषा नबोल्ने बालिका पसलको भान्छा नजिकै सुत्थिन् र करिब एक महिनामा ६० ग्राहकलाई यौन सेवा दिइन्। उनले ६ लाख येनभन्दा बढी कमाइ गरेको जनाइएको छ। 

सो कमाइ आमासँग जोडिएको खातामा पठाइएको थियो। सेप्टेम्बरमा बालिकाले टोकियो अध्यागमन ब्युरोसँग मद्दत मागेपछि घटना सार्वजनिक भएको थियो। एजेन्सी

प्रकाशित: २४ कार्तिक २०८२ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App