संयुक्त राष्ट्रसंघ (यूएन) ले लेबनानमा ११ लाखभन्दा बढी पुरुष, महिला र बालबालिका आफ्नो घर छोड्न बाध्य भएको बताएको छ ।
यो संख्या देशको कुल जनसंख्याको लगभग पाँचौ भाग मध्ये एक हो।
संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले सोमबार पत्रकारहरूलाई बताएअनुसार यी मध्ये लगभग १,३७,००० मानिसहरू राहत शिविरहरूमा बसिरहेका छन्।
धेरैजसो विस्थापित मानिसहरू पृथक समुदाय वा अस्थायी आश्रयहरूमा बसिरहेका उनले बताए।
अमेरिका र इजरायले लेबनानमा आक्रमण गरिरहेको छ। जसको कारणले यहाँको जनजीवन अस्तव्यस्त भएको छ।
प्रकाशित: २४ चैत्र २०८२ ०९:०८ मंगलबार





