१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको सामना गर्न डराए मोदी : मलेसिया भ्रमण रद्द, विदेशमन्त्री जयशंकर जाने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सट्टा विदेशमन्त्री एस जयशंकर क्वालालम्पुरमा हुने ४७ औँ आसियान शिखर सम्मेलनमा जाने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मोदी अक्टोबर २६ मा हुने आसियान–भारत शिखर सम्मेलनमा भर्चुअल रूपमा सामेल हुनेछन्।

२२ औँ आसियान–भारत शिखर सम्मेलन अक्टोबर २६ देखि २८ सम्म क्वालालम्पुरमा हुनेछ।

विपक्षीले मोदीले मलेसिया भ्रमण रद्द गर्नुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न डराएको रूपमा व्याख्या गरेका छन्। कांग्रेस नेता जयराम रमेश भन्छन्, ‘प्रधानमन्त्री मोदी ट्रम्पको सामना गर्न चाहँदैनन्। सामाजिक सञ्जालमा प्रशंसा एउटा कुरा हो, आमनेसामने भेट अर्को। ट्रम्पलाई भेट्नु जोखिमपूर्ण छ।’

उनले अगाडि थपे, ‘ट्रम्पले ५३ पटक अपरेसन सिन्दूर (भारत–पाकिस्तान द्वन्द्व) रोकेको दाबी गरेका छन्।’ यसबारे पूर्व विदेश सचिव कम्बल सिब्बल भन्छन्, ‘ट्रम्पको बेतुका बयानहरूले जोखिम छ। व्यापार सम्झौता नहुँसम्म भेट्नु हुँदैन।’ सम्मेलनका लागि ट्रम्प आइतबार मलेसिया पुग्ने कार्यक्रम छ।

आसियान दक्षिणपूर्वी एसियाका देशहरूको समूह हो। यसका दस सदस्य देशहरू ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम हुन्। एजेन्सी

प्रकाशित: ६ कार्तिक २०८२ १८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App