१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा सिंहलाई जिस्काउने युवक जेल चलान

भारतको गुजरातमा आहारा खाइरहेको सिंहलाई जिस्काएर भिडियो खिच्ने एक युवक पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भाइरल हुनका लागि खतरा मोलेरै भिडियो बनाएका उनलाई स्थानीय अदालतले जेल चलान गरेको हो।

गुजरात वन विभागका अधिकारीहरूका अनुसार पक्राउ पर्नेमा भावनगर जिल्लाको तल्ली गाउँ बस्ने ३२ वर्षीय गौतम सियाल रहेका छन्।

यसै साता भाइरल भएको भिडियो क्लिपमा सियाल आहारा खाइरहेको सिंहको अत्यन्तै नजिक गएको देखिन्छ। उनी नजिक पुग्नासाथ सिंहले केही सेकेन्डका लागि उनीतिर झम्टिएको थियो।

भिडियो भाइरल भएलगत्तै वन विभागको टोलीले तत्काल कारबाही अघि बढाएको थियो। खेतीपाती र पशुपालनमा संलग्न सियाललाई वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा चलाइएको छ।

यस अपराधमा दोषी ठहर भएमा अधिकतम सात वर्ष कैद र कम्तिमा २५ हजार भारु जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

क्षेत्रुन्जी वन्यजन्तु डिभिजनका सहायक वन संरक्षक भागीरथसिंह झालाका अनुसार, घटना बाम्बोर र तल्ली गाउँको बाहिरी क्षेत्रमा भएको हो। उनले भने, ‘हामीले घटनास्थलको पुनर्निर्माण गरिसकेका छौँ र सियालले आफ्नो अपराध स्वीकार गरेका छन्।’

प्रकाशित: २१ श्रावण २०८२ १८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App