२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

रुसमा शक्तिशाली भूकम्पले गएको छ। यो भूकम्प रुसको प्रशान्त महासागरीय तटवर्ती क्षेत्रमा आएको थियो। एक पटक होइन दुई पटक गएको यो भूकम्पका कारण मानिसहरू त्रसित छन्। भूकम्पको तीव्रता रेक्टर स्केलमा ७.४ मापन गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी पनि जारी गरिएको छ।

भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले रुसको कामचट्का प्रायद्वीपको लागि चेतावनी जारी गरेको छ। आइतबार समुद्रमा दुईवटा भूकम्प गएका थिए। तीमध्ये सबैभन्दा ठूलो भूकम्प ७.४ म्याग्निच्युडको थियो। यो ठूलो भूकम्प २० किलोमिटर गहिराइमा आएको थियो र यो पेट्रोपाभ्लोभस्क-कामचट्स्की शहरबाट १४४ किलोमिटर पूर्वमा अवस्थित थियो।

यो शहरको जनसंख्या लगभग १.८ लाख छ। यसभन्दा केही मिनेट अघि सोही क्षेत्रमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प पनि रेकर्ड गरिएको थियो।

प्रकाशित: ४ श्रावण २०८२ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App