१६ श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा बन्दै छ पहिलो मस्जिद, के भन्छन् स्थानीय ?

फुजिसावा जापानको राजधानी टोकियोबाट करिब एक घण्टाको दूरीमा रहेको समुद्री किनारको शान्त सहर हो।

चाँडै नै फुजिसावा सहरमा पहिलो मस्जिद निर्माण सुरु हुने भएको छ। धेरै वर्षदेखि यहाँ बस्दै आएकी नोरिको इजुमिजावाले भन्छिन्, 'यसले हाम्रो समाजलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने विषयमा मलाई चिन्ता लाग्छ।'

यहाँ इस्लाम धर्मावलम्बीहरूको धार्मिक स्थल निर्माण गर्ने योजनाले स्थानीय बासिन्दाबीच विभिन्न प्रकारका भावना उत्पन्न गरेको छ।

यस विषयमा केही मानिसमा रिस र डर देखिएको छ भने केहीले आशा र यसलाई स्वीकार गर्ने भावना पनि व्यक्त गरेका छन्।

यो बहसले जापानमा घट्दो र वृद्ध हुँदै गएको जनसंख्याका कारण सिर्जिएको श्रमिक अभाव, आप्रवासन र सामाजिक परिवर्तनप्रति बढ्दो चिन्तालाई उजागर गरेको छ।

यद्यपि जापानमा आप्रवासन लामो समयदेखि राजनीतिक रूपमा संवेदनशील र सीमित छलफल हुने विषय रहँदै आएको छ, अहिले देशले रिक्त रोजगारीका पदहरू पूरा गर्न मुख्य रूपमा विदेशी कामदारहरूमा निर्भर हुन थालेको छ।

यसको अर्थ विभिन्न संस्कृति, भाषा, धर्म र जीवनशैली भएका आप्रवासीहरूको संख्या लगातार बढिरहेको छ। बीबीसी

प्रकाशित: १६ श्रावण २०८३ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App