१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किम जोंग उनले १३ वर्षीया छोरीलाई उत्तराधिकारी चयन गरेको दाबी

 उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले आफ्नी १३ वर्षीया छोरी किम जू ऐलाई आफ्नो उत्तराधिकारी चयन गरेको दाबी गरिएको छ। दक्षिण कोरियाको गुप्तचर निकायले बिहीबार सांसदहरूलाई दिएको जानकारीमा यस्तो दाबी गरेको हो।

दक्षिण कोरियाको नेशनल इण्टेलिजेन्स सर्भिसले किम जू ऐको निरन्तर बढ्दो सार्वजनिक उपस्थितिलाई आधार मान्दै यस्तो मूल्यांकन गरिएको जनाएको छ। हालका महिनाहरूमा जू ऐ धेरै ठूला कार्यक्रमहरूमा आफ्ना बुवासँग देखिएकी छन्। सेप्टेम्बरमा बेइजिङ भ्रमणका क्रममा पनि उनी किम जोंग उनसँगै देखिएकी थिइन्। त्यो उनको पहिलो सार्वजनिक रूपमा जानकारीमा आएको विदेश भ्रमण थियो।

नेशनल इण्टेलिजेन्स सर्भिसले यस महिनामा हुने पार्टी सम्मेलनमा जू ऐ सहभागी हुन्छिन् कि हुँदैनन् भन्ने विषयमा पनि नजर राख्ने जनाएको छ। यो उत्तर कोरियाको सबैभन्दा ठूलो राजनीतिक कार्यक्रम हो, जुन प्रत्येक पाँच वर्षमा एक पटक आयोजना गरिन्छ।

यस पार्टी सम्मेलनमा प्योंगयाङले आगामी पाँच वर्षका लागि आफ्ना प्राथमिकताहरू—जस्तै विदेश नीति, युद्ध तयारी र आणविक कार्यक्रम—सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्न सक्छ।एजेन्सी

प्रकाशित: १ फाल्गुन २०८२ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App