भारतीय विदेशमन्त्री एस. जयशंकरले रूसको राजधानी मस्कोमा रूसी विदेशमन्त्री सेर्गेई लावरोभसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा दुबै देशबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भयो। यसका साथै भारत–रूस २३औँ वार्षिक शिखर बैठकको तयारीबारे पनि विस्तृत रूपमा चर्चा गरिएको छ।
भारत र रूसबीच २३औँ वार्षिक शिखर बैठक हुन लागेको छ र त्यसका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने छन्। रूसी विदेशमन्त्रीसँगको भेटपछि जयशंकरले भने, ‘मस्कोमा विदेशमन्त्री सेर्गेई लावरोभसँग भेट्दा खुसी लागेको छ। हामीले व्यापार र लगानी, ऊर्जा, आवागमन, कृषि, प्रविधि, संस्कृति तथा द्विपक्षीय साझेदारीका बारेमा छलफल गर्यौँ।’
उनले थपे, ‘हामीले क्षेत्रीय, विश्वव्यापी तथा बहुपक्षीय मुद्दाहरूमा आफ्ना धारणा साझा गर्यौँ। साथै भारत–रूस २३औँ वार्षिक शिखर सम्मेलनको तयारीसम्बन्धी समीक्षासमेत गरियो। एजेन्सी
प्रकाशित: २ मंसिर २०८२ ०९:१२ मंगलबार





