इजरायलको वायुसेनाले आइतबार यमनको राजधानी साना मा हवाई आक्रमण गरेको छ। यी आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ र ६७ जना घाइते भएका छन्। यो आक्रमण यमनका हूती विद्रोहीहरूले इजरायलमाथि गरेका मिसाइल प्रहारको जवाफस्वरूप गरिएको हो।
यसअघि शुक्रबार राति हूती विद्रोहीहरूले पहिलो पटक क्लस्टर बम वारहेडसहितको ब्यालिस्टिक मिसाइल इजरायलमा प्रहार गरेका थिए।
मिसाइलको एउटा भाग इजरायलको गिनातोन सहरमा रहेको एउटा घरमा खसेको थियो। घरकी महिला सुरक्षित बचिन् किनभने उनी शेल्टरमा थिइन्।त्यसपछि इजरायलले जवाफी कारबाही गर्दै यमनको राजधानी सानालाई निशाना बनाएको हो।
इजरायल डिफेन्स फोर्सका अनुसार, यस आक्रमणमा यमनको राष्ट्रपति भवन, एउटा इन्धन भण्डारण केन्द्र र दुईवटा पावर स्टेशनलाई लक्षित गरिएको थियो।
प्रकाशित: ९ भाद्र २०८२ ०८:४० सोमबार





