२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलद्वारा गाजामा युद्धविराम र बन्धक मुक्तिको योजना स्वीकृत

इजरायलले गाजामा युद्धविराम लागू गर्ने र बन्धकहरूको मुक्तिसँग सम्बन्धित सम्झौतालाई स्वीकृति दिएको छ। यसपछि अब गाजामा चाँडै नै युद्धविराम लागू हुने अपेक्षा गरिएको छ।इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारले जीवित वा मृत सबै बन्धकहरूको मुक्तिसँग सम्बन्धित योजना स्वीकृत गरेको छ।’

यस सम्झौता स्वीकृत भएपछि छिट्टै गाजामा युद्धविराम हुने छ भने इजरायली सेना गाजाबाट फिर्ता हुनेछन्। त्यस्तै बन्धक र शवहरूको साटासाट र गाजामा मानवीय सहायता पुर्याउने व्यवस्था गरिने छ।  अमेरिकाको गाजा शान्ति योजनाको यो पहिलो चरण हो। यसमा इजरायलतर्फबाट प्यालीस्टाइनी कैदीहरूको रिहाइ पनि समावेश गरिएको छ।

प्रकाशित: २४ आश्विन २०८२ ०८:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App