२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्ध अन्त्य गर्न इरानले राख्यो तीन सर्त

आज अमेरिका-इजरायल-इरान युद्धको १३ औं दिन हो। 

इरानी राष्ट्रपति मसूद पजाकियानले युद्ध अन्त्य गर्न तीन सर्त आवश्यक रहेको बताएका छन्। उनले इरानको कानुनी अधिकारलाई मान्यता, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, इरानमाथि भविष्यमा हुने आक्रमण रोक्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टीहरू दिनुपर्ने सर्त राखेको छ।

यस्तै, इरानी राष्ट्रपतिका अनुसार यी सर्तहरू स्वीकार गर्नु नै युद्ध अन्त्य गर्ने एक मात्र तरिका भएको बताए। यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध रोक्ने बताएका थिए।

प्रकाशित: २८ फाल्गुन २०८२ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App